नियम १२८
खरिद सम्झौताको अवधि थप गर्न सकिने
(१) खरिद ऐनको दफा ५६ बमोजिमको
अवस्था परीे खरिद सम्झौता बमोजिमको काम त्यस्तो सम्झौताको अवधि भित्र पूरा
गर्न नसकिने भएमा सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा
परामर्शदाताले कारण खुलाई खरिद सम्झौताको म्याद सकिनु कम्तीमा सात दिन
अगाबै सम्बन्धित स्थानीय निकायमा अवधि थपको लागि निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भए पछि सम्बन्धित स्थानीय
निकायका प्रमुखले सो सम्बन्धमा आवश्यक जा“चबुझ गर्न वा गराउन सक्नेछ ।
त्यसरी जा“चबुझ गर्दा वा गराउदा निजले देहायका कुरा विचार गर्नु पर्नेछ ः–
(क) सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा
परामर्शदाताले खरिद सम्झौता बमोजिमको काम समय मै सम्पन्न गर्न
भर मग्दुर प्रयास गरेको थियो वा थिएन,
(ख) सम्बन्धित स्थानीय निकायले निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा
प्रदायक वा परामर्शदातालाई सम्झौता बमोजिम उपलब्ध गराउनु पर्ने
कुरा उपलब्ध गराएको थियो वा थिएन,
(ग) काबू बाहिरको परिस्थितिको कारणबाट काममा ढिलाई भएको हो वा
होईन ।
(३) उपनियम (२) बमोजिम जा“चबुझ गर्दा निवेदनमा उल्लिखित कारण मनासिब
देखिएमा तीन महिनासम्मको अवधि बोलपत्र स्वीकृत गर्ने अधिकारीले र सो भन्दा
बढीको अवधि सम्बन्धित स्थानीय निकायले थप गर्न सक्नेछ ।